अभियन्ता वेदिका केसी पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । अभियन्ता वेदिका केसी पक्राउ परेकी छिन् । सामाजिक सञ्जालबाट भ्रम फैलाउन लागिपरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

कथावाचिका राधिका दासीको उजुरीका आधारमा साइबर ब्युरोको प्रहरीले केसीलाई बिहीबार जोरपाटीबाट पक्राउ गरिएको हो । उनलाई अहिले साइबर ब्युरोको हिरासतमा राखिएको छ ।

आफूलाई धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताका रूपमा चिनाउने वेदिका केसी पछिल्लो समय चर्चामा थिइन् । मुख्यतः धार्मिक माताका रूपमा चिनाउने व्यक्तिहरूका सम्बन्धमा सामाजिक सञ्जालमार्फत आफ्ना भनाइहरू राख्ने गरेकी थिइन् ।

धर्म, आस्था र परम्पराका गलत तथ्य वा विषयका सम्बन्धमा उनले बहस चलाउन थालेकी थिइन् । वेदिकाले सामाजिक सञ्जालमार्फत आफूले गलत ठानेका गतिविधि र कथितरुपमा ‘माता’ भनिएकाहरूको गतिविधिमाथि प्रश्न उठाउँदै भण्डाफोर अभियान सञ्चालन गरेकी थिइन् ।

धर्मका नाममा हुने विकृति र विसंगतिविरुद्ध आवाज उठाएको बताउने वेदिकाले अनास्था फैलाएको र व्यक्तिगत लाञ्छनामा उत्रिएको भन्दै कथावाचिका राधिका दासीले उजुरी दिएपछि वेदिका पक्राउ परेकी हुन् ।

सिफारिस