
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा मंगलबार उपचारका क्रममा उनको निधन भएको हो ।
श्रेष्ठ लामो समयदेखि प्याङ्क्रियाज (अग्नाशय) क्यान्सरबाट पीडित थिए । उनको स्वास्थ्य उपचारका लागि नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गरिएको थियो ।
नेपाली कांग्रेसले केही समयअघि मात्र उनलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो ।