महेन्द्र राजमार्ग आसपास र इनरुवा बजार क्षेत्रमा अनिश्चिकालिन कर्फ्यु

दियोपोस्ट संवाददाता
सुनसरी ।  जिल्ला प्रशासन कार्यालय सुनसरीले सुनसरी जिल्लामा अनिश्चिकालिन कर्फ्यु आदेश जारी गरेको छ । कार्यालयले जिल्लाको महेन्द्र राजमार्ग आसपासका क्षेत्र तथा इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
मंगलबार ३:३० बजे  देखि अर्को सूचना जारी नभएसम्मलाई कर्फ्यु आदेश जारी गरेको हो ।
जारी सूचनाअनुसार महेन्द्र राजमार्गका तोकिएका चार किल्लाभित्र तथा इनरुवा बजार क्षेत्रको सीमाभित्र कसैले पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न पाउने उल्लेख गरेको छ ।

सम्बन्धित खबर

सिफारिस