धौलीगंगा बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

दियोपोस्ट संवाददाता
बैतडी ।  जिल्ला प्रशासन कार्यालय बैतडीले महाकाली नदीको क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीले  धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको सिल्ट (गेग्रान) सरसफाइका लागि ढोका खोलिने भएकाले महाकाली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्रशासनले मंगलबार सार्वजनिक सूचना जारी गर्दै  साउन १३ गते बुधबार बिहान ६ बजेदेखि साउन १४ गते बिहीबार अपराह्न ६ बजेसम्म करिब ३६ घण्टाका लागि धौलीगंगा पावर स्टेसनको बाँधको ढोका खोलिने जनाएको हो ।
यस अवधिमा तथा त्यसपछिसमेत महाकाली नदीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई आवश्यक पूर्वसतर्कता अपनाउन अनुरोध गरिएको छ।

सम्बन्धित खबर

सिफारिस