कांग्रेस केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखियो गोपालमान श्रेष्ठको पार्थिव शरीर

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ।

केन्द्रीय कार्यालय प्राङ्गणमा श्रेष्ठको पार्थिव शरीर आज श्रद्धाञ्जलीका लागि राखिएको हो । सभापति गगन थापाले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आजै शवयात्रासहित उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने  बताइएको छ ।

ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा मंगलबार उपचारका क्रममा उनको निधन भएको थियो ।

श्रेष्ठ लामो समयदेखि प्याङ्क्रियाज (अग्नाशय) क्यान्सरबाट पीडित थिए । उनको स्वास्थ्य उपचारका लागि नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गरिएको थियो ।

नेपाली कांग्रेसले केही समयअघि मात्र उनलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो ।

सम्बन्धित खबर