नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, चितवन निकुञ्जमा सबैभन्दा धेरै

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपालमा बाघको संख्या बढेको छ । राष्ट्रिय बाघ सर्वेक्षणले सार्वजनिक गरेको नयाँ नतिजा अनुसार मुलुकभर बाघको संख्या बढेर ४२९ पुगेको हो ।

विश्व बाघ दिवसका अवसरमा आज कृषि,वन तथा पर्यावरण मन्त्रालयले बाघको पछिल्लो गणना सार्वजनिक गरेको हो । वि.सं.२०८२ को गणना अनुसार नेपालमा बाघको संख्या ४२९ पुगेको मन्त्रालयले जनाएको छ ।

कुन निकुञ्जमा कति बाघ ?

पछिल्लो तथ्यांक अनुसार विभिन्न राष्ट्रिय निकुञ्जमा बाघको संख्या यस प्रकार छः

चितवन राष्ट्रिय निकुञ्ज : १४५

बर्दिया राष्ट्रिय निकुञ्ज : ११२

पर्सा राष्ट्रिय निकुञ्ज : ७१

बाँके राष्ट्रिय निकुञ्ज :५१

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज:५०

संरक्षण क्षेत्र र वासस्थानमा भएको सुधारका साथै आहारा (सिकार प्रजाति) को वृद्धि भएकाले बाघको सङ्ख्या बढेको बताइएको छ । नेपालमा सामान्यतया हरेक चार वर्षमा बाघको गणना गरिन्छ । यसअघि सन् २०२२ को गणनामा नेपालमा बाघको संख्या ३५५ रहेको थियो ।

सम्बन्धित खबर