निर्माणाधीन सेफ्टी ट्यांकीमा फसेर तीन मजदुरको मृ त्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–३, शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्यांकीभित्र फसेर तीन जना मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही स्थानका अन्दाजी ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन् ।

प्रहरीका अनुसार स्थानीय दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा उनीहरू फसेका थिए । घटनापछि उद्धारका लागि जेसीबी प्रयोग गरी ट्यांकी फुटाएर तीनै जनालाई बाहिर निकालिएको भए पनि उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतकहरूको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर