लेकसाइडमा पर्यटकलाई दुःख-हैरानी दिने ८ जना पक्राउ

दियोपोस्ट संवाददाता

पोखरा । पोखराको लेकसाइड तथा बिरौटा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई दुःख–हैरानी दिएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

सीआरभी बिरौटा र सीआरभी हल्लनचोकबाट खटिएको प्रहरी टोलीले बिरौटा क्षेत्रबाट ५ जना र हल्लनचोक क्षेत्रबाट ३ जना गरी कुल ८ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले पर्यटक तथा यात्रुलाई आकर्षक र सस्तो मूल्यमा होटेल मिलाइदिने भन्दै बाटोमा रोक्ने, बार्गेनिङ गर्ने, पिछा गर्ने लगायतका गतिविधि गरी अनावश्यक दुःख-हैरानी दिने गरेको सूचना प्राप्त भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ।

सम्बन्धित खबर