
काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदका लागि मानबहादुर कार्की तथा आयुक्त पदका लागि गुरुप्रसाद वाग्ले र डा.राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका मानबहादुर कार्की र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका गुरुप्रसाद वाग्ले तथा डा.राजीव सुब्बाको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।
समितिले यसअघि मंगलबार गुरुप्रसाद वाग्ले र डा.राजीव सुब्बाको संसदीय सुनुवाइ सम्पन्न गरेको थियो । प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्कीको सुनुवाइ भने बुधबार गरिएको हो।