कपिलवस्तुमा ट्रकले ठक्कर दिँदा तीन जनाको मृ त्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।

ना५ख २३६४ नम्बरको ट्रकले बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डस्थित महाराजगञ्ज नगरपालिका–२ गैडहवाको सडक किनारमा पार्किङ गरी राखिएका मोटरसाइकल र साइकललाई ठक्कर दिँदा बुधबार उनीहरुको मृत्यु भएको हो ।

दुर्घटनामा महाराजगन्ज नगरपालिका–३ गनौरियाका ४५ वर्षीय विजयकुमार गुप्ता, महाराजगन्ज नगरपालिका–२ गैडहवाका १२ वर्षीय आनन्द कश्यप र सोही स्थानका ७५ वर्षीय भोल्लर कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाइएको छ ।

ठक्कर दिने ट्रक र त्यसका चालक मोरङका ४२ वर्षीय रोहित राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर