
सिराहा । जिल्ला प्रशासन कार्यालय सिराहाले अनिश्चिकालिन कर्फ्यु आदेश जारी गरेको छ । कार्यालयले आज बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चिकालिन कर्फ्यु आदेश जारी गरेको हो ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जको घटनाको विरोधमा मधेशका विभिन्न जिल्लामा भएको प्रदर्शन कारण जोखिम बढ्न गएकाले कर्फ्यु आदेश जारी गरेको हो ।
कार्यालयले जिल्लाको सुरक्षा अवस्थाको विश्लेषण तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा कर्फ्यु आदेश लागू गरिएको भन्दै सूचना जारी गरेको छ ।
जारी सूचनामा गोलबजार नगरपालिकाको (पूर्वतर्फ कसाह खोला, पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ सैनिक चोक र दक्षिणतर्फ राजेन्द्र प्रसाद राजकीय बहुमुखी क्याम्पस आसपासको क्षेत्र) मा पूर्ण रूपमा आवतजावत तथा भेला हुन रोक लगाइएको छ ।
