सुनसरी घटनामा घाइते भएका अर्का युवकको पनि मृत्यु, मृतक संख्या २ पुग्यो

दियोपोस्ट संवाददाता

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको घटनाका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा मृत्यु भएको छ।

देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार राति देवानगञ्जमा भएको घटनाका क्रममा प्रहरीको गोली लागेर उनी गम्भीर घाइते भएका थिए ।  

यसअघि सोही घटनामा एक जनाको मृत्यु भइसकेको थियो । जयप्रकाश मेहताको मृत्यु भएसँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।

प्रहरीका अनुसार सोही घटनामा गोली लागेर कुल आठ जना घाइते भएका थिए । घाइतेमध्ये केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।