धनुषामा पनि लगायो अनिश्चितकालीन कर्फ्यु

दियोपोस्ट संवाददाता

धनुषा । धनुषा जिल्ला प्रशासन कार्यालयले पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । 

जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकको निर्णयअनुसार बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो ।

सुनसरीको देवानगञ्ज घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन चर्किँदै गएपछि धनुषा प्रशासनले जिल्लाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

जारी सूचनामा उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै पश्चिम सिनुरजोडा चोकसम्म पूर्वमा लक्ष्मीपुर बगेवा सम्म र पूर्वतर्फ बेलौनी रोड, एमक्यु स्टीलबाट ५०० मिटर पूर्व पेट्रोलपम्प हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म कर्फ्यु लगाइएको छ ।

त्यस्तै दक्षिणमा नगराइन नगरपालिकादेखि नगराइन चोकसम्म र पश्चिममा सिनुरजोडा-सोहनी-मनिमण्डप-नेपाल नर्सरी-इस्कोन जनकपुर(दुधमती पुल, बेला, कादरी मस्जिदसम्म कर्फ्यू लगाइएको छ ।

पश्चिममा भने सिनुरजोडा-सोहनी(-निमण्डप-नेपाल नर्सरी-इस्कोन जनकपुर-दुधमती पुल, बेला, कादरी मस्जिदसम्म कर्फ्यू लगाइएको हो ।