सिराहामा तनाव : गोलबजारमा एक जनाको मृत्यु

दियोपोस्ट संवाददाता

सिराहा । सिराहामा दुई पक्षबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । 

बिहीबार दिउँसो गोलबजार क्षेत्रमा दुई पक्षबीच विवाद चर्किएपछि झडप भएको थियो । सोही झडपका क्रममा एक जनाको मृत्यु भएको हो ।

घटनापछि अवस्था तनावग्रस्त बनेसँगै सिराहा र धनुषा जिल्लामा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।