इरानी आक्रमणमा परी कुवेतमा एक जना नेपालीको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । इरानी आक्रमणम परी कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । बिहीबार बिहान उत्तरी कुवेतमा इरानले गरेको आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको हो ।

ज्यान गुमाउने नेपालीको बारेमा विस्तृत विवरण नआइसकेको र विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास कुवेतलाई निर्देशन दिइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कुवेतको रक्षा मन्त्रालयका अनुसार बिहीबार बिहान कुवेतको देशको उत्तरी क्षेत्रमा रहेको चिनियाँ कम्पनीको भवनलाई लक्षित गर्दै इरानले आक्रमण गरेको थियो । आक्रमणका कारण भवनमा ठूलो भौतिक क्षति पुगेको छ ।