
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले पनि निषेधाज्ञा जारी गरेको छ । पर्साका केही क्षेत्रमा बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहीबार एक सूचना जारी गर्दै पर्साका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन
।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहीबार एक सूचना जारी गर्दै यस बारे जानकारी दिएका हुन ।
सूचनामा पूर्वमा प्रतिमा चौक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य क्षेत्रमा निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ ।
सो क्षेत्रमा पाँच जनाभन्दा बढी मानिसहरू भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने जनाएको छ ।