इरानी आक्रमणमा कुवेतमा मारिए तेह्रथुमका सोमकुमार तामाङ

दियोपोस्ट संवाददाता

काठमाडौं । इरानले कुवेतमा गरेको आक्रमणमा परी ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ । बिहीबार बिहान उत्तरी कुवेतमा इरानले गरेको आक्रमणमा मृत्यु हुने नेपाली तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ रहेको पुष्टि भएको हो ।

कुवेतस्थित नेपाली राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै तामाङ सवारी चालकका रूपमा कार्यरत रहेको र आक्रमणका क्रममा उनको मृत्यु भएको जनाएको छ ।

दूतावासका अनुसार तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइएको छ। यसका लागि सम्बन्धित कुवेती निकायसँग समन्वय र सहकार्य भइरहेको दूतावासले जनाएको छ।