लोक सेवा आयोगले संशोधन गर्‍यो लिखित परीक्षाको मिति र समय

दियोपोस्ट संवाददाता

काठमाडौं । लोक सेवा आयोगले  परीक्षाको मिति र समय संशोधन गरेको छ । हाल तराईका केही जिल्लाहरुमा उत्पन्न असहज परिस्थितिका कारण लिखित परीक्षाको मिति र समय संशोधन गरेको हो ।

आयोगको परीक्षा सञ्चालन शाखाले शुक्रबार सूचना जारी गर्दै साउन साउन १६ गते देखि सञ्चालन हुने भनिएको परीक्षा २३ गतेबाट हुने जानकारी दिएको हो ।

संशोधित तालिकाअनुसार विभिन्न प्राविधिक, शिक्षा, कृषि, इन्जिनियरिङ, पशु स्वास्थ्य, मेटेरियोलोजी, मेकानिकल, जलस्रोत मेकानिकल तथा केमेष्ट्री लगायतका पदहरूको परीक्षा मिति परिवर्तन गरिएको छ ।

सम्बन्धित खबर