काठमाडौं, १६ असार । सिराहाको लहान नगरपालिका ११ पडरिया चौकमा आज अपरान्ह म्याजिक भ्यानलाई ट्रकले पछाडीबाट ठक्कर दिदाँ दुई महिलासहित ३ जनाको मृत्यु भएको छ भने एक दर्जन घाइते भएका छन् । घाइते माध्ये एकको अवस्था गम्भिर रहेको बताइएको छ ।
पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.१ ज। ७४५४ नम्बरको म्याजिक भ्यान पडरिया चोकमा रोकेर यात्रु चढाउँदै गरेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको ना.८ ख २४१५ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा सिरहाको पुरानो चोहर्वा निवासी ४० बर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिकाका ७० बर्षीया बचियादेवी राम र नाम ठेगाा नखुलेको एक महिलाको मृृत्यु भएको छ ।