काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । आयोगका अनुसार उम्मेदवार साह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुष्टि भएपछि उम्मेदवारी अयोग्य ठहर गरिएको हो।
निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको उजुरी र त्यसपछि गरिएको छानबिनका क्रममा साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेको भेटिएको आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
प्रचलित कानुनअनुसार कालोसूचीमा रहेका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने व्यवस्था रहेको छ। निर्वाचन आयोगले सम्बन्धित कानुनी प्रावधानअनुसार उम्मेदवारी रद्द गर्ने निर्णय गरेको जनाएको छ।
धनुषा-४ को सखुवा-महेन्द्रनगर र धनुषा-१ इच्छापुर जोड्ने जलाद नदीको पुल ८ वर्षदेखि अलपत्र छ । ८ वर्षदेखि अलपत्र रहेको यो पुलका ठेकेदार किशोरी साह कमल हुन ।
उम्मेदवारी खारेज भएसँगै धनुषा-१ को चुनावी समीकरणमा परिवर्तन आउने देखिएको छ।