विषादीयुक्त तरकारी परीक्षण कायमै राख्न सर्वोच्चको आदेश

दियो पोस्ट  

काठमाडौँ,असार २५ । विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगरी आयात गर्न दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षण सम्बन्धि टुंगो नलागेसम्म कार्यान्वयन नगर्न र नगराउन अन्तरिम आदेश दिएको हो ।

‘संविधान र कानुनमा के कति अनुकुल छ भन्ने प्रश्न उत्पन्न भएकाले यस विषयमा दुवै पक्ष राखेर सो विषयमा आवश्यक छलफल गर्नुपर्ने देखियो,’ ‘कुनै परीक्षण गरिएको भए सो सम्बन्धि तथ्यांक एवं फलफूल तथा तरकारीको नेपालमा आयात गर्नुपूर्व परीक्षण गरिएको विषय खुल्ने कुनै कागज भए सो समेत लिई ३० असारभित्र उपस्थित हुनु ’ आदेशमा भनिएको छ ।

विदेशबाट आयातित फलफूल तथा तरकारीको विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट सरकार पछि हटेपछि सो निर्णयविरुद्ध सर्वोच्चमा छुट्टाछुट्टै तीनवटा रिट दायर भएको थियो ।

अधिवक्ताहरु स्वागत नेपाल, नारायण प्रसाद दुवाडी, कञ्चनकृष्ण न्यौपाने, विष्णुप्रसाद तिमल्सिनाले छुट्टाछुट्ट रिट दायर गरेका थिए ।