
काठमाडौँ, असार २७ । विराटनगर महानगरपालिका वडा नम्बर ३ को सिगिया खोलामा आएको बाढीले त्यहाँको जनजीवन प्रभावित पारेको छ । तीन दिनदेखिको वर्षापछि आएको बाढीले महानगरका तीन वडा डुवानमा परेका छन् । वडा नम्बर १, २ र ८ का बस्तीहरु डुवानमा परेपछि त्यहाँका बासिन्दाहरु विस्थापित भएका छन् ।
सिगियाको बाढीले वडा नम्बर १ को परोपकार घाट आसपासको सुकुम्वासी बस्ती डुवानमा परेको छ । अविरल वर्षापछि बाढीको खतरा हुने भएकोले उनिहरुलाई विहीबार राति नै सुरक्षित स्थानमा लगिएको कारण मानवीय क्षति भने नभएको बताइएको छ ।
बर्षापछि विराटनगरका अन्य क्षेत्रको जनजीवन पनि प्रभावित भएको छ । उनिहरुलाई सतर्कता अपनाउनका लागि महानगरपालिकाले अपिल गरेको छ ।