अवतरणको क्रममा धावनमार्गमै चिप्लियो यति एयरको विमान, यात्रु सकुशल

दियो पोस्ट  

काठमाडौँ, असार २७ । यति एयरलाईन्सको विमान दुर्घटना हुनबाट जोगिएको छ । शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न लाग्दा यति एयरको एटीआर–७२ जहाज धावनमार्गमा चिप्लिएको छ ।

शुक्रबार नेपालगंजबाट यात्रु बोकेर काठमाडौँ आएको विमान धावनमार्गमा पानी जमेको कारण चिप्लिएको त्रिभुवन विमानस्थल स्रोतले बताएको छ । विमान चिप्लिएपनि त्यहाँभित्र रहेका यात्रुहरुलाई भने सकुशल बाहिर निकालिएको बताइएको छ ।

विमानमा कति यात्रु थिए भन्ने यकिन जानकारी नआइसकेको तर सबै यात्रुहरु सुरक्षित रहेको जनाइएको छ ।
धावनमार्गमा विमान चिप्लिएपछि त्रिभुवन विमानस्थलको उडान अवरुद्ध भएको छ ।