
काठमाडौँ, असार २७ । गएराति देखि परेको पानीले सिंहदरबारको पर्खाल भत्किएको छ । सिंहदरबारको पुर्वी गेटअगाडीको पर्खाल विहान ९ बजेतिर पहिरो गएको हो । 
पहिरोको कारण अनामनगरको सवारी आवतजावतमा केही समस्या परेपनि अहिले सडकको पहिरो हटाइसकिएको प्रहरीले बताएको छ । फुटपाथमा झरेको इँटा र बालुवा पनि साँझसम्म पन्छाइने महानगरिय प्रहरी प्रभाग सिंहदरबारले जानकारी दिएको छ ।

पर्खाल भत्किँदा कुनैपनि मानवीय क्षति भने भएन । केही ब्यक्तिहरु सामान्य घाइते भएका छन् । पर्खालको आडमा राखिएको बालुवाको दबाव र रातभर आएको पानीका कारण सिंहदरबारको पर्खाल भत्किएको प्रहरीले जनाएको छ ।
