झरीमा रुझेर नेविसंघको आन्दोलन, माइतीघरमा ब्यानरसहितको प्रदर्शन

दियो पोस्ट  

काठमाडौँ, असार २७ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले माइतीघरमा प्रदर्शन गरेको छ । गएरातीदेखि परेको झरीको परवाह नगरि नेविसंघले माइतीघरमा ब्यानरसहितको प्रदर्शन गरेको हो ।

सरकारले भारतबाट भित्रने तरकारी तथा कृषीजन्य पदार्थहरुमा विषादी परिक्षणको कार्य स्थगित गरेपछि विरोध स्वरुप नेविसंघ आन्दोलनमा उत्रिएको हो । गत असार २२ गतेदेखि आन्दोलनमा उत्रिएको नेविसंघले प्रधानमन्त्रीलाई विषादी तरकारी उपहारस्वरुप पठाउनेदेखि मसाल जुलुस सम्म निकालेको थियो ।

नेविसंघले सरकारले जनतालाई विष खुवाएको आरोप लगाएको छ । विषादी परिक्षणको कार्यलाई पुन सञ्चालन नगरे देशव्यापी कडा आन्दोलनमा उत्रने नेविसंघले चेतावनी दिएको छ ।