सुर्खेतको डिएफओ भक्तबहादुर लामा ४ लाख घुससहित पक्राउ

दियो पोस्ट  

काठमाडौँ, असार २७ । जिल्ला वन कार्यलय सुर्खेतका डिएफओ भक्तबहादुर लामा ४ लाख घुससहित पक्राउ परेका छन् ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय सुर्खेतबाट खटिएको टोलीले डिएफओ लामालाई घुस लिइसकेको अवस्थामा कार्यलय परिसरबाट पक्राउ गरिएको प्रवक्ता प्रदिपकुमार पौडेलले जानकारी दिएका छन् ।

अख्तियारको अनुसार भक्त बहादुर लामाले छुट पुर्जाको म्याद थप गराइ दिने बहानामा सेवाग्राहीसँग घुस लिएका थिए । लामाको सम्वन्धमा थप अनुसन्धान भएइरहेको अख्तियारले जनाएको छ ।