काठमाडौँ, असार २७ । गएराति देखिको लगातार वर्षापछि आएको पहिरोले पुरिएर काठमाडौँमा तीन जनाको मृत्यु भएको छ । राजधानीको मुलपानीमा आएको पहिरोको कारण घर पुरिएपछि एकै परिवारका तीन सदस्यको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बारा घर भई कागेश्वरी मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव उनका श्रीमती शर्मिला यादव र १० बर्षीय छोरा कुन्दन यादव रहेका छन् ।
पहिरोमा पुरिएका ब्यक्तिहरुको शव निकाल्नको लागि स्काभेटरको प्रयोग गरिएको प्रहरीले बताएको छ ।