अविरल बर्षाले धादिङवेसीको सडक भासियो, घरघरमा पानी छिरेपछि सर्वसाधरण आतंकित

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार २७ । लगातारको वर्षापछि धादिङ सदरमुकाम धादिङवेसीका सडकहरु भासिएका छन् । बिहीबारदेखि परेको पानीले जिल्लाको निलकण्ठ नगरपालिका वडा नम्बर ३ का घरहरु जोखिममा परेका छन् ।

भुकम्पले हल्लाएको घरहरुमा लगातारको बर्षाले थप कमजोर बनाएको छ । केही घरका भित्रि भागहरु भासिने र फुट्न थालेका छन् भने सडकमा समेत प्रभाव परेको छ ।

जिल्ला प्रहरी कार्यलय धादिङले भने धादिङ जिल्लामा बर्षाले खासै ठुलो असर नपारेको बताएको छ । सम्भावित क्षतिलाई न्युनिकरण गर्न र उद्धार गर्नका लागि सम्पुर्ण युनिटहरु तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । जिल्लाका अन्य स्थानहरुबाट पनि सुचनाहरु संकलन भइरहेको र उच्च सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यलयका एक कर्मचारीले दियोपोस्टलाई जानकारी दिएको छ ।

फोटोः वेगबहादुर लगुनको फेसबुकबाट

सम्बन्धित खबर

सिफारिस