
काठमाडौँ, असार २७ । सर्वोच्च अदालतको आदेशपछि सीमा नाकामा भारतबाट भित्रने तरकारी र कृषीजन्य उत्पादनमा परिक्षण शूरु भएको छ ।
झापाको विर्तामोड नाका हुँदै नेपाल भित्रने भारतीय तरकारी तथा फलफुलहरुको पनि विषादी परिक्षण भएका छन् । विर्तामोड भन्सार कार्यलयले पठाएको फलफुलका नमुनाहरु पनि विर्तामोडको विषादी परिक्षण केन्द्रमा परिक्षण गरिएको छ ।
त्यस्तै विराटनगर नाका हुँदेै भित्रने तरकारी तथा फलफुलहरुमा भने विषादी परिक्षण नभएकोे जानकारी प्राप्त भएको छ । भन्सार कार्यलयले विषादी परिक्षणको लागि केन्द्रमा नमुना तरकारी तथा फलफुल पठाउनै बाँकी रहेको विराटनगर परिक्षण केन्द्रले जानकारी दिएको छ ।
सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफुलमा विष्गदी परिक्षण गर्ने निर्णय स्थगित गरेपनि सर्वोच्च अदालतले विषादी परिक्षणको काम जारि राख्न अन्तरिम आदेश गरेको थियो ।