रौतहटको सिमामा भारतले बाँधेको बाँध भत्कियो, भारतीय वस्तीमा हल्लीखल्ली

दियोपोस्ट संवाददाता

काठमाडौ, असार २८ । रौतहटको सिमानामा भारतले बाँधेको बाँध भत्किएको छ । लगातारको बर्षा र त्यसबाट आएको बाढीका कारण सीमामा भारतीय पक्षले लगाएको बाँध भत्किएको हो ।

अविरल बर्षापछि रौतहट सदरमुकाम गौर डुवानमा परेपछि सीमानामा लगाइएको बाँध खोल्नको लागी नेपाली पक्षले भारतीय पक्षलाई अनुरोध पटकपटक अनुरोध गरेको थियो । नेपालको अनुरोधलाई नसुनी भारतीय पक्षले बाँधमा थप सुरक्षाको लागि एसएसबी खटाएको थियो ।

रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाको अवस्था निकै नाजुक रहेको बताएका छन् । उनका अनुसार बाँध फुटेको नभई भारतीय पक्षहरुले खोलेको बताएका छन् । बाढीकै कारण भारतीय पक्षसंग संवाद गर्न असहज भएको उनले बताए ।

सीमाको बाँध फुटेपछि भने रौतहटमा बाढीको सतह केही घटेको छ । बाँध फुटेपछि बाढी भारतीय बस्तीमा पसेको छ । बाढी पसेपछि भारतीय बस्तीहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायत ठाउँका बासिन्दामा हल्लीखल्ली मच्चिएको छ ।सिडिओ थापाका अनुसार उद्धारका लागि सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीका सम्पुर्ण युनिटहरु तयार भएको भएतापनी उद्धारमा कठिनाई भइरहेको छ ।

सम्बन्धित खबर

सिफारिस