काठमाडौँ, असार २९ । पानीको बहाव उच्च भएपछि सुनसरीको कोशी ब्यारेज स्थित सप्तकोशीको ५६ वटै ढोका खोलिएको छ । सप्तकोशीको पुल उच्च जोखिममा परेपछि गएराति १० बजे सबै ढोका खोलेको थियो ।
कोशी ब्यारेजको सबै ढोका खोलेपछि भारतीय पक्षले बन्द गर्नका लागि चर्को दवाब दिएको छ । खोलिएका ब्योरजका ढोकाका कारण कोशीको पानीले भारतीय भूमि डुबानमा पर्ने खतरा बढेको भन्दै भारतीय पक्षले ब्यारेजको ढोका बन्द गर्न निर्देशन दिएको बुझिएको छ ।
कोशी ब्यारेजका ढोका बढी मात्रामा खोल्दा बिहार लगायतका क्षेत्रमा डुबान तथा बाढीको समस्या बढेको भन्दै भारतीय पक्षले कोशी ब्यारेज कन्ट्रोल रुमलाई ठाडो निर्देशन दिएको बुझिन आएको छ ।यद्यपी सो विषयमा ब्यारेज स्थित कन्ट्रोल रुमले केही बताउन चाहेको छैन् ।
नेपाल तर्फका सुरक्षा निकायले भने ब्यारेज कन्ट्रोललाई ढोका नखोल्न निर्देशन दिएको बुझिन आएको बताएका हुन् । कोशी ब्यारेज पूर्णतया भारतीय पक्षको निगरानी र नियन्त्रणमा रहँदै आएको छ ।
सप्तकोशी नदिमा अहिले पानीको बहाव ३ लाख ७१ हजार एक सय १० क्यूसेक प्रतिसेकेण्ड रहेको छ । विहीबारदेखिको अविरल बर्षाको कारणले सप्तकोशी नदिमा पानीको बहाव उच्च भएको हो । शुक्रबार साँझ सम्म सप्तकोशी नदिको २२ वटा ढोका खोलिसकेको थियो भने शनिबारसम्म ४१ वटा ढोका खोलिएको थियो ।