काठमाडौँ, असार ३० । लगातारको बर्षापछि आएको बाढी पहिरो र डुवानमा परि मृत्यु हुनेको संख्या ६७ पुगेको छ । मृत्यु हुनेमा २० जना बालबालिका मात्रै छन् ।
प्रहरी प्रधान कार्यलयले जारि गरेको सुचनाका आधारमा हालसम्म २६ महिला र ४१ पुरुष गरि ६७ जनाको मृत्यु भएको छ । त्यस्तै ४३ जना घाइते भएका छन् भने ३० जना अझै वेपत्ता छन् ।
पीडितको उद्धार तथा वेपत्ताको खोजी गर्नका लागि प्रभावित क्षेत्रहरुमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका जवानहरु खटिएका छन् । हालसम्म १ हजार ४ सय ४६ जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यलयलय जारि गरेके विवरणमा उल्लेख गरिएको छ ।
अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरको जनजीवन प्रभावित भएको छ । सयौं वस्ती डुबानमा परेका छन् । पीडितहरुले राहत नपाएको गुनासो गरेका छन् । सडकहरु भत्किएर यातायात आवागमन पनि प्रभावित भएको छ । १४ जिल्लाका सडकहरुमा क्षति पुगेको प्रहरीको तथ्यांक छ ।
मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको हो ।
सनाखत भएका मृतकको नाम र जिल्ला
पाँचथर
१. दिपन राई
इलाम
२. अञ्चल लावती
झापा
३. एलिजा न्यौपान बालिका
४. सौगात चापागाई बालक
भोजपुर
५. जगत बहादुर राई
६. जनक विक
७. मनकुमारी राई
८. शिव कुमार राई
९. शक्तिकुमार राई
खोटाङ
१०. रेखा राई
११. रोमन राई बालक
१२. रोहन राई बालिका
ओखलढुङ्गा
१३. पासाङ पुटी शेर्पा महिला
१४. खपुटी शेर्पा महिला
१५. याङ्गी शेर्पा बालिका
१६. कान्छी माया श्रेष्ठ महिला
सुनसरी
१७. सागर थापा
उदयपुर
१८. मन कुमार तामाङ
१९. अर्का एक पुरुषको वेवारिसे शव सनाखत हुन बाँकी
बारा
२०. विक्की यादव बालक
२१. अजित साह
पर्सा
२२. निखिल पटेल बालक
२३. अनुप पटेल बालक
रौतहट
२४. शिव मंगल राउत पटेल
२५. हरिन्द्र राम यादव
२६. गायत्री देवी साह महिला
२७. वीरेन्द्र मिश्र
२८. उमेश राउत
महोत्तरी
२९. हमिद मिया बैठा धोवी
३०. १६/१७ महिनाको वेवारिसे बालकको शव फेला परे सनाखत हुन बाँकी
धनुषा
३१. एक महिलाको शव फेला परेर सनाखत हुन बाँकी
३२. अर्का एक पुरुषको शव फेला परेर सनाखत हुन बाँकी ।
३३. अर्का एक बालकको शव फेला परेर सनाखत हुन बाँकी ।
काभ्रे
३४. कृष्णा देवी रायमाझी
३५. गोमा दंगाल
३६. सुहावी दंगाल बालिका
रामेछाप
३७. पदम कुमारी सुनुवार
सिन्धुली
३८. हेमकुमारी सुनुवार
३९. कार्वन कापरी बालक
४०. सुनिता पौडेल
४१. सुनिता पौडेल बालिका
मकवानपुर
४२. सन्त माया बलामी बालिका
४३. सानुकान्छा सुनार
४४. सृष्टि विन्दु बालिका
रौतहट
४५. उमेश यादव
धादिङ्ग
४६. अस्मिता गिरी बालिका
४७. राजकुमार ठकुरी
चितवन
४८. अनिल रुचाल
काठमाडौं
४९. निलु यादव
५०. सर्मिला यादव
५१. कुन्दन यादव बालक
ललितपुर
५२. सरोज जिम्बा बालक
५३. गिता राना
५४. सन्दिप लो बालक
५५. अम्बिर गोले
५६. सुबेश बस्नेत
दाङ
५७. भक्तसिंह बैजली बालक
५८. धनबहादुर सुनारी
डोल्पा
५९. धर्मराज बोहरा
६०. फूल कुमारी सार्की
सिराह
६१ं. रागनी कुमारी महतो बालिका