यात्रा गर्दै हुनुहुन्छ ? १५ जिल्लाका मुख्य सडकको अवस्था यस्तो छ

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार ३० । अविरल बर्षापछिको बाढी र पहिरोले नेपालका अधिकांश सडक अवरुद्ध छन् । डुवानले राजधानीकै भित्रि सडकहरु अवरुद्ध भएका छन् ।

राजमार्ग संग जोडिने विभिन्न जिल्लाका मुख्य सडकहरु अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मुस्ताङको यासाङ गाउँपालिका ४ घोप्टेभीरमा कालीगण्डकी नदीको बहाब बढेर बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । त्यस्तै म्याग्दीखोलामा पानीको बहाव उच्च हुँदा बेशीसहर–मनाङ सडक अवरुद्ध भएको छ ।

ओखलढुंगाको मानेभन्ज्याङ–७ को सिद्धियर राजमार्ग पानीले अवरुद्ध भएको छ । ललितपुर हुँदै हेटौँडा जाने शान्ती लोकपथ पनि आग्राङ र टुंगुनमा पानी बढेपछि अवरुद्ध भएका छन् ।

अन्य सडकहरुको अवस्था यस्तो छ ।

नेपाल प्रहरीको फेसबुकबाट

पानी परिरहेको र पहिरो खसिरहेको कारणा विभिन्न सडकहरुको अवरोध तत्काल हटाउन कठिन भएको प्रहरीले जनाएको छ । डुवानमा परेर अवरुद्ध भएका सडकहरु भने पानीको सतह घटेपछि मात्र संचालनमा आउने छन् । सडकको अवरुद्ध हुँदा लामो दुरीका यात्रुहरु निकै मारमा परेका छन् ।

सम्बन्धित खबर

सिफारिस