मेलम्चीको हाकिमकै ट्यांकर व्यवसाय डुब्ने भएपछि सेटिङमा ठेकेदारलाई भगाइएको खुलासा !

दियो पोस्ट  

काठमाडौँ । बहुप्रतिक्षित मेलम्ची खाने पानीको काम अन्तिम चरणमा पुगे पछि एकाएक बन्द भयो । गत माघ २७ मा उपत्यकाभित्र खानेपानी भित्र्याउने लक्ष राखिएको भए पनि बिभिन्न कारण देखाउँदै आयोजनाको काम ठप्प पाएिको थियो ।

तर, मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेल र खानेपानी मन्त्रालयका तत्कालिन सचिव गजेन्द्र ठाकुरको मिलोमतोमा आयोजनाको बाँकी काम ठप्प पारिएको थियो ।

मेलम्ची खानेपानी आयोजनाका प्रमुख कँडेलले नियोजित रुपमै ठेकेदारलाई भगाएका थिए । क्रिष्टल आक्वा सर्भिसेस प्रा.लि.का मालिक समेत रहेका कँडेलले मेलम्ची खाने पानी उपत्यकामा आएको खण्डमा आफ्नो कम्पनीलाई घाटा हुने भएपछि उनले ठेकेदारलाई भगाएका हुन् ।

कँडेलले संचानलन गरेको कम्पनीले उपत्यकामा ठूलो परिणाममा मिनिरल वाटर बोत्तल तथा जारबाट दैनिक लाखौँ लिटर पानी आपूर्ति गर्दै आएको छ । मेलम्चीको पानी आएमा आफ्नो कम्पनीको पानी खपत नहुने डरले गजेन्द्र ठाकुरसँग मिलेर ठेकदारलाई भगाएका थिए । कँडेलले श्रीमती अन्जु खड्काको नाममा कम्पनी दर्ता गराएका छन् ।

कँडेल बषौँदेखि खानेपानी ब्यापारमा संलग्न ब्यक्ति हुन । उनी गत वर्ष असारको पहिलो सातादेखि मेलम्ची खानेपानी अयोजनाको प्रमुख भएर आएका थिए । उनी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको अध्यक्ष हुनका लागि समेत दौडधुपमा छन् । तर, सात महिनादेखि ठप्प रहेको मेलम्चीको काम कहिले सुचारु हुने हो त्यो पनि अन्यौल छ । उपत्यकाबासी जनताले मेलम्चीको पानी उपभोग गर्न अझै कति वर्ष कुर्नुु पर्ने हो, त्यसको कुनै लेखाजोखा छैन । तर, जार र ट्यांकरबाट पानी बाढ्ने कम्पनी भने दिनुदिन नाफामा छन् ।

मेलम्ची खानेपानी आयोजनाका प्रमुख सुर्यराज कँडेल

उपत्यकामा जार मार्फत दैनिक २० लाख लिटर र बोतलमार्फत साडे २ लाख लिटर पानी आपुर्ती हुने गर्छ । उपत्यकामा खाने पानीको दैनिक माग साडे ४१ करोड लिटर छ । आपुर्ती भने १० करोड ७२ लाख लिटर मात्र छ । ट्यांकरबाट मात्रै दैनिक ५ करोड लिटर पानी बिक्री हुने गर्छ । यदी, उपत्यकामा मेलम्ची खाने पानी आएको खण्डमा खानेपानी ब्यापारमा संलग्न ब्यक्ति र कम्पनीलाई घाटा हुने भएकाले कँडेलले कुनै पनि हालतमा मेलम्ची खानेपानी उपत्यकामा भित्रिन नदिने पक्का छ ।

सिफारिस