कोटेश्वरबाट ‘टोले गुण्डा’ राजेन्द्र लामा पक्राउ !

दियो पोस्ट  

काठमाडौं, ३१ असार । राजधानीको कोटेश्वरबाट टोले गुण्डा निमा भनिने राजेन्द्र लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत कोटेश्वरबाट खटिएको टोलीले उनलाई गुण्डागर्दीको अभियोगमा पक्राउ गरेको हो ।


मंगलबार विहान उनलाई कोटेश्वर प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रवक्ता होविन्द्र वोगटीले पुष्टि गरे ।


यसअघि ज्यान मार्ने उद्योगमा ३ वर्ष जेल सजाय भोगेर आएका लामाले कोटेश्वर क्षेत्र सहित राजधानीमा गुण्डागर्दी गर्दै आएका थिए ।


‘यस्ता कार्यमा समलग्नहरु पक्राउ पर्दै जान्छन् । केही दिनअघि एक जना पत्रकारलाई पनि धम्की दिएको भन्ने कुरा आएको छ,’ वोगटीले भने,‘गुण्डागर्दीमा समलग्न जो कोही पनि पक्राउ पर्छन् ।’