फैसला कार्यन्वयन निर्देशनालयमा पुलिसको पहराभित्र मासुसहितको ‘मदिरा पार्टी’

दियो पोस्ट  

काठमाडौँ, साउन १ । सर्वोच्च अदालत मातहतको फैसला कार्यन्वयन निर्देशनालयजस्तो सम्वेदनशील कार्यलयले मदिरा पार्टी आयोजना गर्नु आफैँमा अशोभनीय कार्य हा । आर्थिक बर्षको दोस्रो अन्तिम दिन सोमबार उक्त निर्देशनालयमा ५ बज्नासाथ मासुसहितको मदिरा पार्टी आयोजना गरिएको थियो ।

कार्यलय हाताभित्र मदिरा मात्र होइन चुरोट, सुर्ती, पान, गुट्खालगायतका सुर्तीजन्य पदार्थसमेत सेवानका लागि कानुनतः वर्जित छ । पुलिसको पहारभित्र भएको मदिरा पार्टी अरु जान सक्ने अवस्था थिएन । घटना विवरणअनुसार सोमबार विशानै कालो चश्मा लगाएका एक ‘हाकिम’ले कार्यलयको गेटनजिकै रहेको रोटी बिक्री गर्ने पसरमा गएर आफुहरुले ल्याएको बियरका बोतलहरु फ्रिजमा राख्न लगाएका थिए ।

फ्रिजको सबैभन्दा तल्लो तलामा सिलबन्द बियरका दिनभर चिस्याएर राखिएको थियो । साँझ त्यही बियर लगेर बाहिरबाट मासु ल्याएर पार्टी आयोजना आयोजना गरिएको थियो । स्रोतका अनुसार मदिरा सेवन नगर्नेहरुका लागि कोल्डड्रिंक्सको व्यवस्था गरिएको थियो । एक सुरक्षा अधिकारीका अनुसार बबरमहल क्षेत्रमा सीसी क्यामेरा पनि जडान गरिएको छ । यदि उक्त कार्यलय पासपास पनि सीसी क्यामेरा जडान गरिएको रहेछ भने ५ बजेपछि त्यहाँ को–को उक्त निर्देशनालयमा प्रवेश गरे तथा खानेकुरा पोको पारेर को–को भित्र पसे भनेर हेर्न सकिनेछ ।

आर्थिक दैनिकबाट