काठमाडौँ, साउन २ । जिल्ला अदालत काठमाडौँले समता अस्पतालका संचालक उत्तम सञ्जेल उनकी श्रीमती कला सञ्जेल र अस्पतालका कर्मचारी तीर्थ कुमारी श्रेष्ठलाई धरौटीमा रिहा गर्नका लागि आदेश जारी गरेको छ ।
बौद्धस्थित समता अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया बिमला तामाङले अस्पतालमै आत्महत्या गरेको भेटिएपछि पक्राउ परेका ३ जना विरुद्ध जिल्ला अदालत काठमाडौंले जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने फैसला सुनाएको हो ।
गत असार ३ गते अस्पतालमै तामाङको झुन्डिएको अवस्थामा शव भेटिएको थियो। सोपश्चात् अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेलसहित अस्पतालकै कर्मचारी तीर्थ कुमारी श्रेष्ठ र संगिता केसी पक्राउ परेका थिए।
उनीहरु विरुद्ध मृतक तामाङका आफ्न्तले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए।