पाकिस्तानका पूर्वप्रधानमन्त्री भ्रष्टाचार आरोपमा पक्राउ

दियोपोस्ट संवाददाता

लाहोर, साउन ३ । पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ ।

भ्रष्टाचारसम्वन्धी मुद्दा हेर्ने अदालतमा उनलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये प्रभावशाली नेता मानिन्छन् ।

उनी पाकिस्तान मुस्लीम लिग नवाज पिएमएल—एन का नेता हुन् भने सो पार्टी पछिल्लो निर्वाचनमा नराम्ररी पराजित भएको थियो ।

“अब्बासीलाई गिरफ्तार गरिएको छ, उनलाई आज वा भोलि अदालतमा लगिनेछ” एक वरिष्ठ सरकारी अधिकारीले भने ।

नाम नखुलाउने शर्तमा एक अधिकारीले दिएको गिरफ्तारसम्वन्धी सूचनालाई अर्का सरकारी अधिकारीले पनि पुष्टी गरेका छन् ।

अब्बासीले सन् १९१७ को अगस्टदेखि २०१८ मेसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

अर्का पूर्व राष्ट्रपति असिफ अली जर्दारीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको एक हप्तापछि अब्बासीलाई गिरफ्तार गरिएको हो ।

अब्बासीका पूर्ववर्ती प्रधानमन्त्री नवाज सरिफलाई भने यसअघि गत बर्ष नै सात बर्षे जेल सजायको फैसला सुनाइएको थियो ।

भ्रष्टाचारविरुद्ध काम गर्ने अधिकारीहरूले नवाजका भाई शभाज सरिफलाई पनि लक्षित गरिरहेको बताइएको छ ।

सम्बन्धित खबर

सिफारिस