कैलाली बम विस्फोट : १ को मृत्यु ४ को अबस्था गम्भिर

दियोपोस्ट संवाददाता

कैलालीको धनगढी स्थित शहिद गेटमा रहेको निलम होटलमा भएको शक्तिशाली बम विस्फोटमा परि घाइते भएका ५ जना मध्ये एक जनाको ज्यान गएको छ ।

विस्फोटबाट गम्भिर घाइते भएका रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए । उनी बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का स्थाई बासिन्दा हुन् ।

विस्फोटमा परि घाइते अरु ४ जनाको अवस्था पनि गम्भीर रहको प्रहरीले जनाएको छ । उनीहरुको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ । उनीहरुका शरिरको अधिकांस भाग जलेको छ ।

घटना कसले र किन घटायो भन्ने बारे अहिलेसम्म्म पत्ता लाग्न सकेको छैन । यस बारे प्रहरीले अनुसन्धान गरि रहेको बताएको छ । घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ ।

यद्यपी घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार एक युवा होटलबाट निस्कने क्रममा एकाएक विस्फोट हुन पुगेको थियो । उनको पहिचान खुल्न बाँकी रहेको छ। घटनाको थप विवरण आउन बाँकी छ ।

सम्बन्धित खबर

सिफारिस