काठमाडौैँ, साउन ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नीलकण्ठ नगरपालिकाका वडाध्यक्षमाथि राजधानीमा भएको खुकुरी प्रहारको घोर भत्र्सना गरेको छ । शनिबार नेकपा धादिङका अध्यक्ष तथा सांसद भूमी त्रिपाठीले विज्ञप्ती जारी गर्दै वडाध्यक्षमाथि सांघातिक हमला गर्ने जोकोही भएपनि छिटोभन्दा छिटो खोजेर हदैसम्मको कारवाहीकाे माग गरेका छन् ।
विज्ञप्तीमा घटना नियोजित रुपले घटाइएको उल्लेख गरिएको छ । धादिङमा नेकपाका जनप्रतिनिधिहरुमाथि श्रृंखलाबद्ध आक्रमण भइरहेको र नियोजित रुपमा भएका घटनाहरुप्रति नेकपा धादिङको घोर आपत्ती रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष तथा नेकपा जिल्ला कमिटी सदस्य समेत रहेका फन्द्रा तामाङ (रोशन तामाङ) माथि राजधानीको टोखा नगरपालिकास्थित बानियाँटारको आफ्नै कोठामा सुतिरहेको अवस्थामा अपरिचित समुहले खुकरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट वडाध्यक्ष तामाङको छाती र तिघ्रामा गम्भिर चोट लागेको छ । उनलाई उपचारको लागि टोखास्थित ग्राण्डी अस्पतालमा राखिएको छ ।
यो पनि