विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्युरो इन्चार्ज माइला लामा मध्यराती पक्राउ !

दियो पोस्ट  

काठमाडौं, ५ साउन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्युरो ईन्चार्ज माइला लामा पक्राउ परेका छन् ।


महानगरीय प्रहरी अपराध अनुसन्धान महासाखाको विशेष टोलीले शनिबार राती १२ बजेर २० मिनेट जाँदा भक्तपुरको काँडाघारीबाट पक्राउ गरेको हो ।


महासाखाका एसएसपी सहकुल थापाका अनुसार लामा सहित रोसन तामाङ पनि पक्राउ परेका छन् ।


प्रहरीले विभिन्न स्थानमा भएको बम विष्फोटका घटनामा विप्लव नेकृत्वको नेकपाका नेताहरुलाई पक्राउ गर्दै मुद्दा चलाउँदै आएको छ ।

यसअघि ललितपुरको नख्खु स्थित एनसेलको मुख्यालयमा भएको बम विष्फोट माइला लामाकै निर्देशनमा भएको प्रहरी बताउँछ ।