पार्टी एकता अन्तिम चरणमा पुग्दा बालुवाटारमा पुर्वएमालेको छुट्टै वैठक

दियो पोस्ट  

काठमाडौँ, साउन ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बेला प्रधानमन्त्री निवास बाुलवाटारमा पूर्वएमालेबाट सचिवालय सदस्य रहेकाहरुको छुट्टै बैठक बसेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र महासचिव विष्णु पौडेलकोे शनिबार साँझ छुट्टै वैठक बसेको हो । ओलीले पूर्वएमालेका नेताहरुलाई छुटछुट्टै भेट गरेपछि शनिबार साँझ पार्टी सचिवालयमा प्रतिनिधित्व गर्ने नेताहरुको छुट्टै वैठक बसेको हो ।

‘पूर्वएमालेका भागमा परेको विभागको जिम्मेवारी र जिल्ला इन्चार्जहरु कसकसलाई बनाउने भनने विषयमा अध्यक्ष ओलीले सामुहिक छलफल गर्न चाहेकाले सचिवालयसम्बद्ध नेताहरुको छुट्टै बैठक बसेको हो,’बालवाटारनिकट स्रोतले भन्यो, ‘आइतबार बस्ने सचिवालय वैठकले एकिकरणका सबै विषय टुंगो लगाउनेछ ।’ टपेन्द्र कार्कीले आइतबारको नागरिक दैनिकमा खबर लेखेका छन् ।

सिफारिस