काठमाडौँ, साउन ५ । मठमन्दिरको अर्बौँ रुपियाँ पर्ने जमिन बिक्री गरेका आरोप लागेका महोत्तरी लक्ष्मीनारायण मठमटिहानीका मानमहन्त जगन्नथ दास वैष्णव कारबाही प्रक्रियाबाट जोगिनका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको शरणमा पुगेका छन् । राजनीतिक नेतृत्वको सहारामा कारबाहीबाट बच्न उनले लविङ थालेका हुन् ।
महन्त जगन्नाथले रुपन्देही र धनुषा जिल्लामा लक्ष्मीनारायण, रामजानकी लगायत मन्दिरको सवा तीन अर्ब रुपैयाँ पर्ने करिब सात बिघा जमिन विभिन्न समयमा बिक्री गरेर हिनामिना गरेको आरोप छ । मठमन्दिरको जग्गा बेचेर सरकारी सम्पत्तीको दूरुपयोग गरेको आरोप लागेपछि उनलार्य गुठी संस्थानले निलम्वन गरेको छ । निलम्वबनको पत्र बुझ्ना आनकानी करेका उनी मन्त्री तथा राजनीतिक नेतृत्वको सहारामा कारबाहीबाट उम्कने प्रयासमा छन्, दिलीप पौडेलले नागरिक दैनिकमा खबर लेखेका छन् ।