काठमाडौँ । लोकसेवा आयोगको बिज्ञापनका बिरुद्धमा एक नम्बर प्रदेश बन्द गर्ने खोज्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै दलित, मधेशी, मुस्लिम, जनजाती तथा अल्पसंख्यकहरुले उनीहरुको रिहाइको माग गरेका छन् । एक नम्बर प्रदेश बन्द गर्ने क्रममा गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताहरुलाई रिहाइ नगरेसम्म र बिज्ञापन नसच्याएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ ।
यसै सन्दर्भमा उनीहरुले राजधानीमा बिशाल बिरोध जुलुश गर्ने तयारी गरेका छन् । आफ्नो अधिकार माग्दा राज्यकको बन्दी हुनु परेको भन्दै उनीहरुले देशभर आन्दोलन चर्काउने बताएका छन् ।