पुर्वएमालेले ४४ र पुर्वमाओवादीले ३८ जिल्ला पाउने गरि नेकपामा जिल्ला इन्चार्ज र सहइन्चार्जको भागवण्डा

दियो पोस्ट  

काठमाडौँ, साउन ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको वैठकले ७७ जिल्ला र ६ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको हो ।

एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहनेछन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रका तत्कालीन इञ्चार्जहरूले नै इञ्चार्ज र सह–इञ्चार्जको जिम्मेवारी पाएका छन् ।

नेकपाले ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्जको नाम साँझसम्म सार्वजनिक गरिसक्ने बताइएको छ ।

आजको बैठकले विभागको नेतृत्व टुंगाउने भनेपनि स्कुल विभागको नेतृत्व कसले लिने भन्नेकुरामा सहमति नजुटेपछि मंगलबार पुनः छलफलमा बसेर टुंगोमा पुगिने जनाइएको छ ।