
काठमाडौं, ७ साउन । ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा निर्वाचित भएका प्रकाश नरसिंह राणालाई चुनाव जितेको एक महिनामै विवादमा आएका छन् ।
राणाले परिषदको विधान विपरित का
र्य गरेपछि उनको निर्णय रद्द गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेको छ ।
राणाले आफू अध्यक्षमा निर्वाचित भएपछि मनोयन गर्नुपर्ने २ सदस्यमा विधान विपरित असक्षम व्यक्तिलाई परिषदको कार्यासमिति सदस्यमा नियुक्त गरेको पाइएपछि काठमार्डौ जिल्ला प्रशासन कार्यालयले रद्द गरिदिएको छ ।
ठमेल पर्यटन विकास परिषदको गत असार १३ गते सम्पन्न बैठकले राजिव पाण्डे र कमल भण्डारीलाई कार्यसमितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । परिषदको विधानको दफा २१ ‘ग’ मा एक कार्यकारणी समिति सदस्य हुनका लागि योग्यता तोकिएको छ । तर, राणाले आफू निकटका दुई जनालाई विधान विपरित कार्यकारणी समितिमा नियुक्त गरेका थिए ।

अयोग्य व्यक्तिलाई कार्यकारणी समितिमा नियुक्त गरिएको पाइएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार नै पत्राचार गरी कार्यकारणी समिति सदस्यको पद खारेज गरेको छ भने नयाँ सदस्य ७ दिन भित्र नियुक्त गर्न निर्देशन दिएको छ ।

त्यस्तै नयाँ कार्यासमिति आएपनि पुरानै उपसमितिले पत्राचार गर्ने गरेके फेला परेको छ ।
यस विषयमा प्रतिक्रिया लिनका लागि राणालाई फोन गर्दा उनले उठाएनन् ।