नेपाल प्रहरीमा एकैपटक ४ सय ३७ इन्सपेक्टरकोे सरुवा, कसको दरबन्दी कहाँ (सुचिसहित)

दियो पोस्ट  

काठमाडौँ, साउन ९ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले जनपद तर्फका ४ सय ३७ प्रहरी निरिक्षक (इन्सपेक्टर) को सरुवा गरेका छन् । बुधबार प्रहरी प्रधान कार्यलयको मानवश्रोत तथा प्रशासन विभागले सरुवा हुने प्रहरी निरिक्षकको नामावली सहितको सुचि सार्वजनिक गरेको हो ।

सुचिमा विभिन्न जिल्लामा रिक्त स्थानमा रहेका प्रहरी निरिक्षकका लागि सरुवा गरिएको विवरण उल्लेख गरिएको छ । सरुवा भएर जाने प्रहरी निरिक्षकहरुले श्रावण महिनादेखिको तलब भत्ता समेत दरवन्दी भएको ठाउँबाट पाउनेछन् ।

महानगरिय प्रहरी बृत्त भक्तपुर ठिमीका इन्सपेक्टर अञ्जन कोइरालालाई सरुवा गरि जिल्ला ट्राफिक प्रहरी कार्यलय सुनसरि पुर्याइएको छ । त्यस्तै इलाका प्रहरी कार्यलय गरुडाबजार रौतहटका प्रहरी निरिक्षक अनमोल खड्कालाई प्रहरी प्रधान कार्यलयमा तानिएको छ ।

सुचि हेर्नुहोस्

https://drive.google.com/open?id=1-hmdbb5mXtRh3NH-ZOq-UTF_d7nLrYz9

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।