काम गरेर देखाउन नसके इतिहासले धिक्कार्छ : प्रचण्ड

दियो पोस्ट  

काठमाडौँ, साउन ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई काम गरेर देखाउने पुर्ण अवसर हुँदा पनि काम देखाउन नसके इतिहासले नै धिक्कार्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादर कर्माचार्यको छैठौँ स्मृती दिवसको अवसरमा पार्टी कार्यलय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनताको आशा र भरोसालाई मर्न नदिन सरकारलाई सुझाव दिएका छन् ।

पार्टी एकता टुंगिएपछि सरकारले थप गति लिन सक्ने भन्दै अध्यक्ष दाहालले समाजवादतर्फको यात्रा द्रुत गतिमा अघि बढ्ने बताए । उनले अहिलेको अवसरको सदुपयोग गर्न पार्टीलाई एक ढिक्का बनाउँदै सरकारको काम प्रभावकारी बनाउनुपर्ने बताए ।

सरकार र पार्टीको काम प्रभावकारी नभएको भन्दै सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतालाई सुदृढ बनाएर, सरकारको कामलाई प्रभावकारी बनाउँदै गुणात्मक ढंगले जनताको मन जित्नु पर्ने बताए ।

साउन महिनाबाट पार्टीको नीति र सरकारका कार्यक्रमबारे जनतालाई जानकारी दिन देशव्यापी अभियान चलाइने उनको भनाइ थियो ।

कार्यक्रममा संस्थापक सदस्य कर्मचार्यको तस्विरमा माल्यार्पण गरीएको थियो ।

सिफारिस