काठमाडौँ, साउन १० । निर्मला पन्तको वलात्कारपछि हत्या भएको एक बर्षको स्मृतीमा नेपाल विद्यार्थी संघले दवाबमुलक कार्यक्रम गरेको छ । नेविसंघमा आवद्ध विद्यार्थी लगायत अधिकारकर्मी र सर्वसाधरणहरुले निर्मलाको न्याय कहिले हुन्छ सरकार ? लेखिएको पम्पलेट प्रदर्शन गर्दै निर्मला पन्तको लागि न्यायको माग गरेका छन् ।
दवाबमुलक प्रदर्शनमा बोल्दै नेविसंघका निवर्तमान उपाध्यक्ष निलकण्ठ भण्डारी, निवर्तमान उपाध्यक्ष सागर परियार र नेतृ सुप्रिया जोशिले एक बर्ष वितिसक्दा पनि सरकारले निर्मलाको हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै चर्को आलोचना गरे ।
गतबर्ष साउन १० गते निर्मला पन्त घरबाट वेपत्ता भएकी थिइन् । उनको शव ११ गते उखुबारीमा भेटिएको थियो । घटनाको अनुसन्धानको क्रममा प्रहरीले नै प्रमाण नष्ट गरेपछि हालसम्म पनि अपराधीसमक्ष पुग्न सकेको छैन । अपराधी खुलेआम हिँड्दा प्रशासन र सरकारले चिनेर कारवाही गर्न नसक्न्ुले अपराधीको मनोबल बढुनुको साथै समाजमा यी र यस्ता घटनाहरु दोहोरिन सक्ने सम्भावन प्रचुर मात्रामा हुन्छ ।
निर्मलाको हत्यारालाई जोगाउन सरकार नै लागेको भन्ने आरोप पनि लागेको छ । अनुसन्धानको क्रममा सरकारले ८० जनाभन्दा बढी व्यक्तिहरुको डिएनए परिक्षण गरेतापनी कुनै सुँइको भेट्न सकेन । नेपाल प्रहरकिा प्रवक्ता