नदी किनारमा सेल्फी खिच्न गएकी एक युवतीलाई तामाकोशिले बगाएपछि…

दियो पोस्ट  

रामेछाप,साउन १० । लिखु तामाकोशी गाउँपालिका वडा नं ७ हलेदे स्थित तामाकोशी नदी किनारमा सेल्फी खिच्न गएकी एक युवतीको कोशिले वगाएर ज्यान गएको छ ।

जिल्ला भक्तपुर कमल विनायककी वर्ष १८ की शर्मिला कर्माचार्यको कोशिले वगाएर शुक्रवार दिउँसो ज्यान गएको हो । उनी भक्तपुरवाट रामेछापको सदरमुकाम मन्थली हुँदै दोलखाको भिमेश्वर मन्दिर दर्शनको लागि जाँदै थिइन । रामेछापको सदरमुकाम मन्थलीवाट दोलखा तर्फ जाने क्रममा लिखु तामाकोशी गाउँपालिका वडा नं ७ तिल्पुङ्गको हेलेदे भन्ने स्थानमा तामाकोशी नदी किनारमा पुगेर सेल्फी खिच्ने क्रममा उनको चप्पल चिप्लीएर तामाकोशी नदिमा परेकी थिइन ।

तामाकोशी नदीमा लडेकी शर्मिलालाई कोशीले वगाउँदै करिव १ किलोमिटर तल मन्थली नगरपालिका वडा नं १ आकाशेको पक्की पुल नजिक वग्दै आएको देखेपछि स्थानिहरुले प्रहरीमा खबर गरेका थिए । स्थानियको खवर पाउँनासाथ मन्थलीको आकाशेमा रहेको शसस्त्र प्रहरी गुल्मवाट गएको टोलीले उनको जिवितै उद्धार गरी तत्काल गरेको थियो । उनको अवस्था चिन्ताजनक भएकाले तत्कालै मन्थली स्थित तामाकोशी अस्पतालमा उपचारको लागि लगिएकोमा अस्पतालले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक सन्तोषकुमार भट्टराइले जानकारी दिए ।

के गर्थिन शर्मिला ?


भक्तपुर जिल्ला कमल विनायक घर भई भक्तपुरकै दुधपाटी भन्ने स्थानमा रहेको रोज डेन्टलमा उनी कार्यरत थिइन ।

उनी कार्यरत रहेको रोज डेन्टलका डाक्टर, मृतक शर्मिलाकी दिदी सहित उनी दोलखाको भिमेश्वर मन्दीर दर्शनको लागि भक्तपुरवाट शुक्तवार विहान हिडेका हुन् । उनीहरु सानो कारमा रामेछापको सदरमुकाम मन्थली हुँदै दोलखा जाँदै गर्दा सवै जना मिलेर बाटोमा सेल्फी, सामुहिक तस्वीर खिच्दै जादै थिए । तस्विर खिच्ने क्रममा उनको तामाकोशी नदीमा इहलिला समाप्त भएको छ ।

घटनापछि आवश्यक अनुसन्धान र सोधपुछको लागि उनी सँगै आएका डाक्टर, उनकी दिदी लगाएतको टोली र उनी सवार कार प्रहरी नियन्त्रणमा लिएर घटनाको वारेमा अनुसन्धान अघि वढाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।